दशैँका लागि नयाँ नोट साट्न सुरु : काठमाण्डौ उपत्यकाबाहिर असोज २ गतेदेखि साटिने

 भदौ २९, २०७९ बुधबार १२:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।

आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् ।

उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया