साढे ४७ अंकले बढेको शेयरबजारमा हरियाली,  कारोबार रकममा पनि सुधार

 भदौ २९, २०७९ बुधबार १५:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयरबजार आज पनि बढेको छ । हिजो २१ अंकले बढेको शेयरबजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया