परराष्ट्रमन्त्री खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुने

 भदौ २९, २०७९ बुधबार १६:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुनुहुने भएको छ । असोज ३ गते हुने अन्त्येष्टि समारोहमा भाग लिनको लागि मन्त्री खड्का लण्डन जाने पक्का भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायत नेपालको नजिकको मित्र भएको र महारानीले दुइपटकसम्म भ्रमण गरेकाले उहाँको निधनलाई सरकारले उच्च महत्व दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको नेपालप्रतिको माया र सद्भाव तथा गोर्खा सैनिककै सुरक्षामा रहेकाले सम्मान दर्शाउन परराष्ट्रमन्त्रीसहित नेपालको उच्चस्तरीय टोली नै अन्त्येष्टि समारोहमा सहभागी हुन जान लागेको मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

भदौ २३ गते एलिजबेथको निधन भएकोमा सरकारले २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाण्डाैमा रहेकाे बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गर्नुभएको थियो । बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन विश्वभरबाट राष्ट्रप्रमुखसहित उच्च पदस्थ अधिकारी लण्डन जाँदैछन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया