रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

 भदौ ३०, २०७९ बिहीबार ६:५९:४० | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नुभएको छ ।

पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनुभएको छ ।

युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फिर्ता लिइरहेको छ । खार्किभमा छोटो समयमै ८ हजार वर्ग किलोमिटरभन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वी डोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

तर युक्रेनले फिर्ता गरेको दाबी गरेका सहरमा पत्रकार र स्वतन्त्र अनुगमनकर्तालाई प्रवेश नदिएकाले यसको आधिकारिक पुष्टि गर्न भने नसकिएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: जेठ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया