युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना, सामान्य घाइते

 भदौ ३०, २०७९ बिहिबार ११:४९:२२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा पर्नुभएको छ । उहाँ चढेको कार दुर्घटना भएको हो ।

युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो ।

जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ ।

दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया