युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

 भदौ ३०, २०७९ बिहिबार १३:५०:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेकाे छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ ।

क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड (क्युसेक) को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मस्थान पनि हो ।

बाँधमा भएको आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ । रुसले पछिल्लो क्षेप्यास्त्र आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । यसअघि रुसी सेनाले ऊर्जा उत्पादन केन्द्रहरूमा आक्रमण गरेको स्वीकार गरेको थियो । अझै पनि रुसले युक्रेनको पाँच भागको एक भागमा नियन्त्रण गरिरहेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया