लगातार २ दिन बढेकाे शेयर बजार आज ५७ अङ्कले घटेर राताम्मे

 भदौ ३०, २०७९ बिहिबार १५:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दुई दिन बढेकाे शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नाै सय २४ दशमलव ४८ विन्दुमा झरेकाे छ । 

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

नेप्से परिसूचक उच्च अङ्कले घटेकाे दिन दुई सय ३२ वटा कम्पनीकाे ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ कराेड ५६ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंककाे २१ कराेड ५० लाख रुपैयाँकाे शेयर किनबेच भयाे । 

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डकाे शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ काे शेयर चार प्रतिशतभन्दा धेरैले बढेकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया