महाअभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु

 भदौ ३०, २०७९ बिहीबार १७:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताबीच छलफल थालेको छ । सिंहदरबारमा बसिरहेको महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नाम लिएका अधिवक्तासँग छलफल सुरु गरिएको हो ।

आजको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रमन श्रेष्ठ, अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गर्दैछ । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि आज बोलाएको हो ।

यसअघि सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले बैठकमा नजाने बताएअनुसार पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की बैठकमा सहभागी हुनुभएको छैन । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया