भारत-पाकिस्तान टी–२० विश्व कप खेलकाे टिकट ‘केही मिनेट’ मै बिक्री

 भदौ ३०, २०७९ बिहीबार १९:२१:५ | एजेन्सी
unn.prixa.net

भारत र पाकिस्तानबीच हुने टी–२० विश्व कप क्रिकेटकाे सबै टिकट बिक्री भइसकेकाे छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार आउँदाे अक्टाेबर २३ तारिखमा अस्ट्रेलियामा हुने यस खेलका लागि सबै टिकटका साथै अतिरिक्त कक्षकाे टिकट केही मिनेटमै बिक्री भएकाे आईसीसीले जनाएकाे छ । 

आईसीसीले खेल सुरु हुनुभन्दा अघि एक आधिकारिक रिसेल प्लेटफर्म लन्च गर्ने र त्यहाँ समर्थकले टिकट एकअर्कालाई दिन सक्ने बताएकाे छ । 

आईसीसीका अनुसार अक्टाेबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपका लागि अहिलेसम्म पाँच लाखभन्दा धेरै टिकट बिक्री भइसकेकाे छ । 

आईसीसीले भनेकाे छ, ‘८२ देशमा क्रिकेटका प्रशंसकले विश्वका १६ वटा टिमका उत्कृष्ट खेलाडीलाई हेर्नका लागि टिकट किनेका छन् । महिला टी–२० विश्व कप २०२० पछि पहिलाे पटक आईसीसीकाे प्रतियाेगितामा स्टेडियममा पूर्णरूपमा भरिनेछन् ।’

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया