जबरालाई पूरक प्रश्नका लागि बाेलाइयाे, समिति प्रतिवेदन लेख्दै

 भदौ ३०, २०७९ बिहीबार २०:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ । बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग आज बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिनुभएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताउनुभयो । उहाँले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि पूरक प्रश्नका लागि बोलाउने निर्णय भएको पनि बताउनुभयो । उहाँले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयाे । 

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराबिरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीका लागि बारले खेलेको भूमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताउनुभयो । उहाँले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महसुस भएको बताउनुभयो । उहाँले समितिले आफूहरूसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताउनुभयो । उहाँले सके यही संसदबाट टुङ्गो लाग्नुपर्ने र प्रक्रिया नसके महाअभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । जबराले महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको उहाँकाे भनाइ छ ।

वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि सङ्घर्षमा उत्रिएका कानुन व्यवसायीहरूलाई विवादमा तान्न जबराले आफूहरूको नाम लिएको बताउनुभयो । महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको छ । 

निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि आज बोलाएको थियो । यसअघि सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले बैठकमा नजाने बताएअनुसार पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की बैठकमा सहभागी हुनुभएन । उहाँहरूले लिखितरूपमा पत्र पेस गर्नुभएको छ । पत्रमा महाभियोग सिफारिस समितिले सुम्पिएको बाहेक क्षेत्राधिकार विस्तार गर्न नसक्ने र महाभियोग लागेका व्यक्तिले कसैमाथि दाबी वा अभियोग लगाउन नसक्ने उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया