बलात्कार र बालविवाहको कथा बोल्ने चलचित्र ‘मालीका’

 असोज १३, २०७५ शनिबार ८:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र ‘मालीका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्र रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन् भने चलचित्रको मुख्य भूमिकामा पनि रेखा थापा स्वयम छिन् । चलचित्रले नेपाली समुदायमा हुने  बालविवाह, बढ्दो बलात्कारका घटनाका कथा बोल्ने बताइएको छ । 

ट्रेलरमा अभिनेत्री रेखा थापा र कमला वलीलाई विशेष रुपले प्रस्तुत गर्ने प्रयास गरिएको छ । ट्रेलरमा नारीमाथिको अत्याचार र उसले त्यसविरुद्ध लिएको बदलालाई देखाउने प्रयास गरिएको छ । ट्रेलर रेखाको एक्सन र डायलगबाट भरिपूर्ण छ । 

चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘मालीका’रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रको निर्माताका रुपमा भने रेखाकी आमा सरस्वती थापा छिन् ।

पछिल्लो समय अन्य ब्यानरका चलचित्रबाट पर हटेकी रेखा आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्दै आएकी छिन् । दर्शकले पनि रेखाले बनाएको चलचित्रलाई रामै्र साथ दिने गरेका छन् । 

रेखा थापा चलचित्र ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा फर्किएकी छिन् ।


 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया