अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक बन्द

 भदौ ३१, २०७९ शुक्रबार ११:९:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पहिरो गएपछि गोरुसिङ्गे–सन्धिखर्क सडक आज बिहानदेखि बन्द भएको छ ।

नरपानीको दहखोला नजिकै सडकमाथिबाट पहिरो खसेको छ । पहिरोले सडक बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रिने गाडी तथा यात्रु बीचबाटोमै रोकिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया