एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन : अर्थविद् डा. वाग्ले

 भदौ ३१, २०७९ शुक्रबार १९:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नका लागि नआएको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट एमसीसी चीनको प्रतिवाद गर्नका लागि नभइ नेपालको चाहनामा आएको बताउनुभएको हो । उहाँले नेपालले सन् २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि सन् २०१७ देखि विवादमा आएको बताउनुभयो । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा जानकारी वास्तविकता नभएर हाउगुजी हुन थालेको बताउनुभयो । उहाँले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालले २०११ देखि एमसीसीका लागि प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको हो । अमेरिकाले चीनसँग प्रतिवाद गर्नका लागि एमसीसीमा हस्ताक्षर गरेको होइन । लामो समयको प्रक्रिया हुँदाहुँदै आएको हो । नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा हाउगुजी नै भएको छ । नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता छ । नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन ।’

डा. वाग्लेले नेपालले ४० वर्षका लागि एक प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्च गर्न नसकेको उदाहरण रहेको भन्दै खर्च गर्न नसकेको देख्दा आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए ? जस्तो लाग्ने गरेको सुनाउनुभयाे । उहाँले अब वैदेशिक दातृ निकायहरूले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

उहाँले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । डा. वाग्लले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने काम बन्द हुने बताउनुभयो । युवा पुस्तामा ३० वर्षमा देशको प्रतिव्यक्ति आय चार हजार डलर पुर्‍याउने गरी पाँच, सात वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया