बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न गृहमन्त्री खाणको निर्देशन

 असोज १, २०७९ शनिबार १०:५४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न निर्देशन दिनुभएको छ ।

लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी/पहिरोमा परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको हो । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको भन्दै उहाँले बाढी र पहिरोमा प्रभावितलाई सुरक्षित ठाउँमा सार्न र औषधि उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन निर्देशन दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया