रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।
संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो ।
संविधानले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको सङ्ख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर त्यो सङ्ख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन । महिला सांसद र नेताहरूले निरन्तर माग र दबाब गरेपछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेश सभामा तीन सय ३० क्षेत्र छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।