एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

 असोज २, २०७९ आइतबार १६:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतवार (असोज २) देखि लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएकाे छ । यो अफर अन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ ।  

यी प्याकहरू आइतवारदेखि तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । ग्राहकले यी प्याकहरू आइतवारदेखि मङ्गलवार (असोज २ देखि ४ गते) सम्ममात्र लिन पाउनेछन् । असोज ३ गते सोमवार आठौँ संविधान दिवस मनाइँदै छ । 

ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्छन् । यो प्याक सुरु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डाटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । 

एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले ९५ रुपैयाँमा दुई सय मिनेट अल नेट टक टाइम र दुई सय वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया