गरिबी निवारण गर्ने नेकपा एसकाे चाहना : अध्यक्ष नेपाल

 असोज ३, २०७९ सोमबार १८:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।  

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नुभएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी समाजमा रहेका विकृति, विसङ्गति अन्त्य गर्न चाहन्छौँ । गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ । जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ । त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ । हाम्राे पार्टी देश हितको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा आएकाे हाे ।’

अध्यक्ष नेपालले कार्यकर्तालाई त्याग, सर्मपण र समाज रूपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गर्नुभयो । जनताको मुहार उज्यालो बनाउने आफूहरूको लक्ष्य भएको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले लको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताउनु भयो । उहाँले कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया