सुनकाे भाउ आज ताेलामा पाँच सयले घट्यो

 असोज ५, २०७९ बुधबार ११:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया