ट्राफिक जरिबाना भुक्तानीमा सहकार्य गर्दै आईएमई पे

 असोज ५, २०७९ बुधबार १२:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक जरिबाना हाल आइएमई पे वालेट  मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाण्डौ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिबाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आईएमई पेका प्रमुख बस्नेतले उल्लेख गर्नुभयो ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिबाना भुक्तानीका लागि प्रयोग गराउने उद्देश्यले आगामी दिनमा आईएमई पेलाई ट्राफिक जरिबाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया