डेङ्गी नियन्त्रणमा सरकार चुक्याे : एमाले

 असोज ५, २०७९ बुधबार १३:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताउनुभएको हो ।

काठमाण्डौमा डेङ्गी फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ ।

एमालेले डेङ्गीबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । डेङ्गीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरिएको छ । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन, हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्’, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै बजारमा सिटामोलको समेत अभाव भएको भनिएकाे छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया