विश्व टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियाले भारतलाई दियो ४ सय ४४ ...
जेठ २७, २०८० शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ ।
समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टीभित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने व्यक्तिलाई समेटिएको छ ।
घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरूलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताउनुभयो । उहाँले घोषणापत्र तयारीका काम सुरु भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले अहिलेसम्म के गर्याे भनेर समीक्षा गर्दै आउँदा दिनमा हामीले गर्न सकिने, नचाहिने, लोक रिझ्याँइका सपना बाँड्नुभन्दा पनि अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्न सक्ने र आउँदाे पाँच वर्षमा गर्न सकिने कुरालाई राखेर हामीले घोषणापत्र तयार गर्छाैँ । त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ । त्यसमा आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउन सक्ने प्रतिबद्धता त्यसमा जाहेर गरिनेछ ।’
सदस्य पाेखरेलले कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पार्नुभयो ।