आफ्नै खर्चमा काठमाण्डाै आएका डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना, अनशन नराेकिने

 असोज ५, २०७९ बुधबार १९:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – डाक्टर गोविन्द केसी काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।  

सात बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेको १० औँ दिनमा उहाँ आज बुधवार आफ्नै खर्चमा काठमाण्डाै आउनुभएको हो । अस्पताल भर्ना भए पनि अनशन जारी रहने उहाँका सहयोगी डा. अमृत जैसीले बताउनुभयो ।  

सरकारले हिजो मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत  काठमाण्डाै ल्याउन खोज्दा केसीले अस्वीकार गर्नुभएको थियो । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाण्डाै ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । 

अस्पतालले डा. केसीकाे शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकले पेटमा कडा खालको अल्सर भएको आशङ्कासमेत गरेका छन् । केसीकाे यो २० औँ अनशन हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया