चुनाव आउन ६० दिन बाँकी, ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

 असोज ५, २०७९ बुधबार १९:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्काे सिफारिसमा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई त्यही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । यस्तै न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले भोलि बिहीवारदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ६० दिन बाँकी छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया