लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना

 असोज ६, २०७९ बिहीबार ७:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया