आज विश्व गैँडा दिवस मनाइँदै

 असोज ६, २०७९ बिहीबार १०:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैँडा छन् ।

यस्तै, आज सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसरमा यो दिवस मनाइन्छ। सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले यो परिषद्को स्थापना भएको थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया