एनसेलले ल्यायो 'इन्डिया भ्वाइस प्याक'

 असोज ६, २०७९ बिहीबार १८:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीन वटा नयाँ भ्वाइस प्याक ल्याएको छ । 

यी प्याक शुक्रवार (असोज ०७) गतेदेखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकको प्रयोगबाट फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुरु गर्न सक्नेछन् । 

एक दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टकटाइम पाउँछन् । त्यस्तै सात दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले दुई सय ४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टकटाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकले दुई सय १५ मिनेट टकटाइम रहेको भ्वाइस प्याक करसहित सात सय ४९ रुपैयाँमा सुरु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले *१७११८*७# डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरूप भ्वाइस प्याक सुरु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याक सुरु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याक सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकका लागि चाडपर्वको अवसरमा यी प्याक ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया