गोरखामा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयाे

 असोज ७, २०७९ शुक्रबार १०:४५:४२ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ को ओलाङमा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।

गएराति ११ बजेतिर ग १ त ४५७४ नम्बरकाे ट्र्र्याक्टर पल्टिँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षका विक्रम श्रेष्ठको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सुपर चेपे हाइड्रोपावरको सिमेन्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ट्र्र्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख वेदनाथ भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया