शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि

 असोज ८, २०७९ शनिबार ७:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।

कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ ।

यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको छ । विसं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसक्नुभएको छ ।  

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया