शहीद स्मारक ए डिभिजन लिग: त्रिभुवन आर्मी क्लब र एनआरटीबीच  २–२ गोलकाे बराबरी

 असोज १३, २०७५ शनिबार १८:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो खेलमा उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब एनआरटीसँग  २–२ गोलको बराबरीमा रोकिएको छ ।

सातदोबाटोकाे एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको शशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीबिरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

गएकाे सिजन ए डिभिजनमा बढुवा भएको एनआरटीले भने आजको खेलमा उत्कृष्ट टिमगेमको नमूना प्रस्तुत गरेको थियो ।

खेलको १२औं मिनेटमै त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै एनआरटीले अग्रता लिएको थियो । राजेश परियारको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका रोजितले शानदार गोल गर्न सफल भए ।

तर, ३८औं मिनेटमा आर्मीले पेनाल्टी पायो । एनआरटीका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई सन्तोष तामाङले सदुपयोग गरी खेल बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनः अग्रता बनायो । ६४औं मिनेटमा एनआरटीका राजेश परियारले वान भर्सेस वानमा गोल गर्दै टिमलाई २–१ को अवस्थामा पुर्याए ।

तर, खेलको अन्तिम मिनेटमा आर्मीले डिबक्स भित्रबाट फ्रिकिक पायो । एनआरटीका गोलरक्षक अजित प्रजापतिले धेरै समय बल होल्ड गरेका कारण रेफ्री सुदीस पाण्डेले इनडाइरेक्ट फ्रिकिकको अवसर दिएका थिए । जसमा आर्मीका सन्तोष तामाङले गोल गरी आर्मीलाई अंकविहीन हुनबाट जोगाए ।

ए डिभिजन लिग अन्तर्गत आइतबार सरस्वती क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया