टावरमा रहेको अरिँगालले विद्युत् जडान गर्न दिएन, प्राधिकरणले खोज्यो अरिँगाल पोल्ने मान्छे

 असोज ८, २०७९ शनिबार १५:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अरिँगालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो । अरिँगाल पोल्नको लागि उहाँले मान्छेको समेत खोजी गर्नुभएको छ । अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उहाँले बताउनुभयो ।

‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिँगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला ।’ लोहनीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया