झापामा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

 असोज ९, २०७९ आइतबार ७:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ ।  

यसले मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया