काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - आदिआवादी महिला भलिबल (एभीएल) शनिबारदेखि सुरु भएको छ ।
नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म संचालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएकाे थियाे ।
उद्घाटन खेलमा चितवन टाइग्रेस र विभागीय क्लब त्रिभुवन आर्मी भिडेका थिए । जसमा चितवन टाइग्रेसले आर्मीलाई ३–० को सेटमा पराजित गरेको थियो ।
अमेरिकी खेलाडीसहित कोर्टमा उत्रिएको चितवन टाइग्रेसले आर्मीलाई पहिलो सेटमा २५–२१ ले पाखा लगाएको थियो । यसैगरी दोस्रो र तेस्रो सेट २५–१३ र २५–२२ ले चितवन विजयी भएको थियो ।
लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । न्यू डायमण्ड, चितवन टाइग्रेस र आर्मी एक समूहमा छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन् ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै दोश्रो स्थान हासिल गर्नेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।