दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार र घाटा दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन र भदौमा तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा ९ दशमलव ४५ प्रतिशतले कम हो ।
साउन र भदौमा नेपालमा दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । आयात १३ दशमलव शून्य एक र निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । दुई महिनामा सात अर्ब ५८ करोड रुपैयाँको खाद्यान्न, तीन अर्ब ४३ करोड रुपैयाँको फलफूल, पाँच अर्ब ६ करोड रुपैयाँको तरकारी आयात भएको छ ।
यस्तै १९ अर्ब आठ करोड रुपैयाँको घिउ तेल, ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ र खनिज पदार्थ, दुई अर्ब ४३ करोड रुपैयाँको फलाम, एक अर्ब आठ करोड रुपैयाँका गाडीलगायतका वस्तु भित्रिएका छन् । नेपालबाट एक अर्ब ८१ करोड रुपैयाँको चिया कफी, सात अर्ब ७९ करोड रुपैयाँको घिउ तेल र छुर्पी, एक अर्ब १२ करोड रुपैयाँको स्थानीय कपडालगायतका वस्तु निर्यात भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।