शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे, १ अर्ब रुपैयाँको कारोबार

 असोज ९, २०७९ आइतबार १५:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक उत्पादन र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २८ वटा कम्पनीकाे ४० लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज तेह्रथुम पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत तथा निफ्रा र सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया