चुनावका लागि सेना परिचालन गर्न स्वीकृति

 असोज ९, २०७९ आइतबार १७:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले 'एकीकृत सुरक्षा कार्ययोजना २०७९' मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गएकाे भदौ १७ गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम चुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया