मनास्लु हिमपहिरोमा ज्यान गुमाउनेकाे परिचय खुल्यो : १० जनाको सकुशल उद्धार

 असोज ११, २०७९ मंगलबार १०:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ । आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । अरु चार जनाको हिजो उद्धार गरिएको थियो । हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो । 

 

 

 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया