मनास्लुमा हिमपहिरो : १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो, खराब माैसममा हेलिकप्टर जान सकेन

 असोज १०, २०७९ सोमबार १७:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनास्लु हिमालमा आज साेमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ । हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र त्यहाँबाट उद्धार गर्न खराब मौसमका कारण समस्या भएको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमपहिरो गएको ठाउँबाट उद्धार गरेर तेस्रो शिविर पुर्‍याइएका १५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लिन जान हेलिकप्टरले बारम्बार प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको छैन । उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका उहाँले बताउनुभयो । तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र प्राथमिक उपचार तथा खान बस्नको व्यवस्था छ । तर थप उपचारका लागि उद्धार आवश्यक रहेको पर्यटन विभागले जनाएको छ ।

यसैबीच आजै मनास्लु हिमालमा एक जना विदेशी नागरिक हराएका छन् । तर उनी हिमपहिरोमा परेर नभइ 'स्की' खेल्ने क्रममा खोँचमा फसेर हराएका पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद् ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् । 

तस्बिर : पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया