अञ्जन विष्टकाे 'ह्याट्रिक' मा नेपालकाे सहज जित

 असोज ११, २०७९ मंगलबार १९:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे ।

नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । 

याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् । 

यस्तै बंगलादेशका लागि खेलकाे ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गाेल गरे । 

याे खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया