भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – गुल्मीकाे गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेकाे छ । पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोवास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।
पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रयोग गर्नेहरूको हकमा न्यूनतम २० युनिटसम्मको महसुल रकम भुक्तानी गरिदिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयाे । पालिकाले भुक्तानी गरेको रकम साउन, भदौ र असोज गरी तीन महिनाको गरेर सात लाख ३२ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।
कुनै पनि नागरिक विद्युतको पहुँचबाट टाढा नरहुन् भन्ने उद्देश्यले विद्युत् महसुल भुक्तानीका लागि यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष तारा थापाले बताउनुभयो । थापाका अनुसार यो कार्यक्रमले पालिकाभित्रका विपन्न नागरिकमा थप राहत पुगेको छ ।
विद्युत् महसुल भुक्तानीका साथै गाउँपालिकाले प्रसूति हुने गर्भवती महिलालाई निःशुल्क गाडीकाे सुविधा र टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ । त्यसैगरी विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य परीक्षण, बालबालिकासँग गाउँपालिकालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।