एमालेको सचिवालय बैठक बस्दै

 असोज १३, २०७९ बिहिबार ११:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदाे चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ ।

एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो।

सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने भएपछि एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । तर, यस विषयमा टुङ्गो लागिसकेको छैन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया