सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ – लमजुङको राइनास नगरपालिकामा दशैँ–तिहार लक्षित खसी–बोका हाट बजार सञ्चालन गरेको छ । स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाको नगर क्षेत्रका विभिन्न क्षेत्रमा हाट बजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित खसी–बोका खरिद/बिक्री भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।
हाट बजारमा बिक्री नभएका खसी–बोका नगरपालिकाले नै ढुवानी गरी बिक्रीका लागि पोखरा पठाइएको उहाँले बताउनुभयो । ‘हाट बजारबाट स्थानीयस्तरमा उत्पादित तीन सय हाराहारीमा खसी–बोका बिक्री गर्ने लक्ष्य छ । केही स्थानीयवासीले नै खरिद गरेका छन् । बाँकी रहेको खसी–बोकाकाे बजारीकरणका लागि नगरपालिकाले काठमाण्डाै, पोखरालगायतका ठाउँका व्यापारीसँग पहल गरिरहेको छ’, उहाँले भन्नुभयो ।
हाट बजारमा कृषि तथा पशुपालन उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यक्रमअन्तर्गत बिक्री भएका खसी–बोकाको प्रतिकेजी २० रुपैयाँका दरले सम्बन्धित किसानलाई नगद अनुदानसमेत प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँ–गाउँबाट किसानले खसी–बोका बिक्रीका लागि हाट बजार ल्याएका थिए । हाट बजारमा प्रतिकेजी ६ सय रुपैयाँका दरले खसी–बोका खरिद/बिक्री भइरहेको छ ।
राइनासकाे पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक किरण पण्डितका अनुसार असोज १२ र १३ गते राइनास नगरपालिका ८ भेटघाट चोक र राइनास नगरपालिका १ बोराङ खोलामा खसी–बोका हाट बजार सञ्चालन गरिएको हो । असोज १४ र १५ गते भने कुसुण्डे बगैँचा र गौलीटार बगैँचामा खसी–बोका हाट बजार सञ्चालन गरिने उहाँले बताउनुभयो ।
किसानको उत्पादनको बजारीकरणका लागि हाट बजार सञ्चालन गरिनुका साथै उत्पादनमा आधारित अनुदान रकम वितरण कार्यले आफूहरूलाई प्रोत्साहन मिलेको राइनास नगरपालिका ८ का बाख्रा पालक किसान दुर्गाप्रसाद अधिकारीले बताउनुभयो ।
‘घरबाटै बिक्री गर्न समस्या हुन सक्थ्यो । हाट बजारमा खसी–बोका ल्याइ बिक्री गर्न पाइयो । उत्पादनमा आधारित नगद अनुदान पनि पाइयो । यसमा किसान खुसी छन् । यसले व्यावसायिक बाख्रापालनमा लाग्ने हौसला थपेको छ’, हाट बजारबाट एउटा खसी र बोका बिक्री गर्नुभएका किसान अधिकारीले भन्नुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।