नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना हुनु भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
आज बिहान ग्वार्कोको किष्ट मेडिकल कलेजमै पुगेर उपराष्ट्रपति पुनले उपचाररत् शताब्दी पुरुष जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
डाक्टरहरुले उपराष्ट्रपतिलाई सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उल्लेख्य सुधार रहेको बताएका छन् ।
उहाँको उपचारमा कुनै अभाव हुन नदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले जोशीलाई चाँडै निको भएर घर फर्केको हेर्न चाहेको बताउनुभएको छ ।
डेंगी संक्रमण र अन्य स्वास्थ्य समस्या देखिएपछि शताब्दी पुरुष जोशी गएको सात गते किष्ट मेडिकल कलेजमा भर्ना हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।