भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु

 असोज १५, २०७९ शनिबार १७:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ–जी मोबाइल सेवाको सुरुवात गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतका दिल्ली, मुम्बई, बेङ्गलोर, वाराणसी लगायतका आठ सहरमा फाइफ जी सेवा सुरु भएको र अर्को वर्षसम्म देशभर विस्तार गरिने कार्यक्रममा प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो । 

फाइज जी मोवाइल सेवा सुरु भएसँगै भारतमा तीव्र गतिको इन्टरनेट सेवा सुुरु गर्ने बाटो खुलेको छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सेवा सन् २०२४ सम्म देशभर उपलब्ध गराउने दाबी गर्नुभयो । 

यस्तै रिलायन्स गु्रपका अध्यक्ष मुकेश अम्बानीले पनि आफ्नो कम्पनीले सन् २०२३ सम्म देशको हरेक कुनामा फाइभ–जी सर्भिस सुरु गर्ने दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया