इन्डोनेसियामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १ सय २९ पुग्यो

 असोज १६, २०७९ आइतबार ७:२३:५२ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या १ सय २९ पुगेको छ ।

पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा नै प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भागदौड हुँदा ३४ जनाको मैदानभित्रै र बाँकी ९५ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको पनि जानकारी दिनुभएको छ ।

यो घटनामा झण्डै १ सय ८० जना घाइते भएका छन् । खेलमा अरेमा एफसी र पर्सिबाया सुरेबायासँग ३–२ गोलले पराजित भएको थियो । खेल सकिएको सिट्ठी बजेपछि समर्थकहरू मैदानमा प्रवेश गरिरहेको भिडिओ फुटेज सार्वजनिक भएका छन् ।

इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने कंजरुहान मैदानमा क्षमताभन्दा बढी मानिसहरू रहेको बताउनुभएको छ । इन्डोनेसियाको फुटबल सङ्घले घटनाप्रति दुःख व्यक्त गरी थप आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो घटनाले इन्डोनेसियाको फुटबल क्षेत्रको छवि नै धूमिल बनाएको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । घटनापछि इन्डोनेसियाको लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ । यो घटनापछि अरेमा एफसीलाई यो सिजनका खेलमा प्रतिबन्ध लगाइएको छ ।

इन्डोनेशियामा पहिला पनि फुटबल प्रतियोगिताका क्रममा विभिन्न क्लबका समर्थकहरूबीच हिँसात्मक घटना हुँदै आएका छन् । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया