नागढुङ्गादेखि नौबिसे सडकखण्डमा लामो जाम, यात्रु घण्टौं जाममा बस्न बाध्य

 असोज १६, २०७९ आइतबार ७:५५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ ।

आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो ।

गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् । 

दशैँको घटस्थापनादेखि अहिलेसम्म ६ लाख भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया