इन्डोनेसिया : फुटबल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ७४ पुग्यो

 असोज १६, २०७९ आइतबार १४:५६:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एउटै बाटोबाट मानिसहरू बाहिरिँदा अक्सिजन अभाव भएको प्रहरीको भनाइ छ । 

४० हजार मानिस अटाउने रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेका इन्डोनेसिया प्रहरीले जनाएको छ । एकै पटक झन्डै तीन हजार जना मानिसले अराजक व्यवहार देखाएपछि बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ । इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । इन्डोनेसियामा यसअघि पनि फुटबल खेलको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा परेकाे थियाे । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया