पाेखरा प्रिमियर लिग: कुन खेलाडीकाे मूल्य कति?

 असोज १४, २०७५ आइतबार १३:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - कार्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएलमा अहिलेसम्म चार जना खेलाडी सर्वाधिक महंगो रकमा बिक्रि भएका छन् ।

अधिकतम मूल्य २ लाख ५० हजारमा विक्रि हुने खेलाडीमा विनोद भण्डारी, करन केसी, सागर पुन र अनिल कुमार साह रहेका छन् ।

विनोदलाई  पोखरा पल्टनले लिएको छ । यसैगरी करन र  अनिललाई  चितवन राइनोजले २ लाख ५० हजार खर्च गरेर  भित्र्याएकाे हाे । त्यसैगरी, सागरलाई बुटवलले अनुबन्ध गरेकाे छ।

धनगढी ब्लुजले  २ लाख ४० हजार खर्च गर्दै  दिलिप नाथलाई लिएको छ । २ लाख ३० हजारमा काठमाडौं रोयल्सले  नरेश बुढाएरलाई खरिद गरेको छ ।

२ लाख  रुपैयाँमा ललित भण्डारी बुटवल ब्लास्टर्समा आवद्ध भएका छन् ।सिद्धान्त लोहनीलाई पनि १ लाख ६० हजारमा बुटवललेनै लिएको छ ।

६ जना  खेलाडीहरु  १ लाख ५० हजारमा खरिद भएका छन् ।  त्यसमा  काठमाडौं रोयल्सले पवन शर्राफ र   सुशन भारीलाई लिएको छ । कमलसिंंह ऐरीलाई धनगढीले लिँदा  भुवन कार्कीलाई पनि चितवनले १ लाख ५० हजार खर्च गरेको छ । विराटनगरले १ लाख ५० हजारमा  साहब आलम र  राजेश पुलामीलाई लिएको छ ।

१ लाख ३० हजारमा धनगढीले  सागर ढकाललाई लिँदा १ लाख २० हजारमा काठमाडौं रोयल्सले पृथु बास्कोटालाई आवद्ध गरेको छ ।

 योगेन्द्रसिंंह कार्की १ लाख १० हजारमा धनगढीमा आवद्ध भएका छन् ।

यसैगरी १ लाख मूल्यमा पाँच जना खेलाडी टिममा आवद्ध भएका छन् । जसमा पोखरा पल्टनले रोहित कुमार पौडेल र ललिनारायण राजवंशीलाई लिएको छ ।

त्यस्तै  काठमाडौंले अमरसिंह रौटेलालाई खरिद गर्दा हरि चौहान बुटवल बलास्टर र  प्रदीप ऐरी विराटनगरमा आवद्ध भएका छन् ।

९५ हजारमा सन्तोष भट्टलाई धनगढीले खरिद गरेको छ ।

९० हजारमा तीन जनाको अक्सन भएको छ । त्यसमा विराटनगरले दिपेश श्रेष्ठ र किशोर महतोलाई लिएको छ भने, सन्दीप सुनुवार धनगढी ब्लुजमा आवद्ध भएका छन् ।

८५ हजारमा  राजु रिजाल विराटनगरमा आवद्ध हुँदा  रामनरेश गिरि  चितवन पुगेका छन् । ८० हजार खर्च गरेर शंकर रानालाई बुटवलले लिएको छ ।

 ७५ हजारमा जितेन्द्र मुखिया विराटनगरमा आवद्ध भएका छन् ।

७० हजारमा रासिद खान  पोखरा पल्टनमा आवद्ध भएका छन् । ६० हजारमा रविन क्षेत्रीलाई धनगढीले लिँदा ६० हजारमै मोहमद शम्सेद सिंंहलाई बुटवलले लिएको छ ।

चार जना खेलाडीहरु ५० हजारमा  आवद्ध भएका छन् । जसमध्ये काठमाडौले आदिल खान, धनगढीले मञ्जित श्रेष्ठ,  बुटवलले हसिम अन्सारी र विराटनगरले पुष्प थापालाई लिएको छ ।

सबैभन्दा कम मूल्यमा अहिलेसम्म  पुरन विक मात्रै बिकेका छन् । उनलाई ३० हजारमा  बुटवलले आवद्ध गरेकाे हो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया