टुँडिखेलमा सेनाले यसरी गर्‍याे फूलपातीकाे हर्ष बढाइँ (तस्बिरहरू)

 असोज १६, २०७९ आइतबार १८:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले फूलपातीकाे हर्ष बढाइँ गरेको छ । काठमाण्डाैकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा आज आइतवार फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । त्यस अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया