इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

 असोज १७, २०७९ सोमबार १२:४९:४४ | एजेन्सी
unn.prixa.net

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ ।

प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो ।

हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी संस्था इरान ह्युमन राइट्सका अनुसार प्रदर्शनमा अहिलेसम्म १ सय ३३ जनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया