अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

 असोज १८, २०७९ मंगलबार ९:३४:३७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा पछिल्ला वर्ष तनाव बढ्दो छ ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिवारदेखि नै लागू भएको हो । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्रा (रुपैयाँ) को प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ । 

यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एसोसिएशनलाई जानकारी गराएको थियो । आदेश अनुसार स्थानान्तरण, व्यापार र मुद्रा विनिमयसहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।

गएको वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया